SKIP THIS

धनगढी उप-महानगरपालिका

डिएसपी प्रतीक विष्ट सहितको टोलीद्वारा धनगढी उप-महानगर ३ मा रहेको गौशालाको अवलोकन

डिएसपी प्रतीक विष्ट सहितको टोलीद्वारा धनगढी उप-महानगरपालिका ३ मा रहेको गौशालाको अवलोकन

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतीक विष्ट सहितको टोलीले धनगढी उप-महानगरपालिका ३ मा रहेको गौशालाको निरीक्षण तथा अवलोकन गरेको छ।

प्रहरी नायव उपरीक्षक बिष्टको कमाण्डमा खटिगएको टोलीले समग्र गौशालाको सुरक्षा अवस्थाबारे निरीक्षण तथा अवलोकन गरेको हो ।

गौशालाका अभियान कर्ता तथा संस्थापक सचिव यस पाल अबस्थीका अनुसार गौशालाको बारेमा अवलोकन गर्दै प्रहरी नायव उपरीक्षक बिष्टले आफूबाट हुन सक्ने सहयोग गर्न सदैव तत्पर रहेको बताउनु भएको छ ।

त्यस्तै, गौशाला निरीक्षण तथा अवलोकन सहभागीले गौशाला बनेर छाडा चौपायाको व्यवस्थापनमा सहयोग मिलेको र सबैले मिलेर गौशाला व्यवस्थापनमा सहयोग गर्नुपर्नेमा जोड दिएको अबस्थीले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार