प्रतिकुल मौसमका कारण पनि महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्दार

प्रतिकुल मौसमका कारण पनि महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्दार

कञ्चनपुर : महाकाली नदीमा फसेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मुसेट्टिका पाँच जनाको उद्दारका  गरिएको छ । सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले प्रतिकुल मौसमका कारण पनि उद्धार गरेको हो ।

मंगलबार साझँ  ६ बजेतिर उनिहरुको सकुशत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जना हिजो राति देखि फसेका थिए । महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मुसेट्टिका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ती नायक,९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार