बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते

बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते
प्रकाशित : :

धनगढी : बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका ७ बाँधु बगरमा जीप दुर्घटना भएको हो।

कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए।

जिपमा १४ जना सवार रहेकोमा ५ जना सामान्य घाइते भएको र ९ जना सकुसल रहेको उनले बताए। घाइतेको कोल्टीमा उपचार भयरहेको प्रहरी निरीक्षक साउदले बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट