बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते

बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते

धनगढी : बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका ७ बाँधु बगरमा जीप दुर्घटना भएको हो।

कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए।

जिपमा १४ जना सवार रहेकोमा ५ जना सामान्य घाइते भएको र ९ जना सकुसल रहेको उनले बताए। घाइतेको कोल्टीमा उपचार भयरहेको प्रहरी निरीक्षक साउदले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार