जयपृथ्वी नगरपालिका बझाङमा वडा स्तरीय न्यायिक अनुशिक्षण कार्यक्रम सम्पन्न

वडा स्तरीय न्यायिक अनुशिक्षण कार्यक्रम सम्पन्न

बझाङ : जयपृथ्वी नगरपालिका बझाङमा एकदिने वडास्तरीय न्यायिक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जयपृथ्वी नगरपालिका न्यायिक समितिले आयोजन गरेको कार्यक्रम गत आर्थिक वर्ष नगरपालिकाका ५ ओटा (१,२,६, ७ र ८) वडामा र यो आर्थिक वर्षमा बाँकी रहेका ६ ओटा (३,४,५,९,१० र ११) वडामा सम्पन्न भएसँगै नगरपालिकाका सबै वडामा कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न भएको छ।

प्रमुख संवैधानिक व्यवस्था लगायत प्रचलित नियम कानुनको बारेमा जानकारी गराउने,न्यायिक समितिको क्षेत्राधिकार र कार्यप्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको न्यायिक समिति उजुरी प्रशासक अनुजा कुमारी जोशीले जानकारी दिनुभयो।

कार्यक्रममा प्रत्येक वडामा वडा सदस्यहरू,महिला स्वास्थ्य स्वयंसेविका, मेलमिलपकर्ता,स्वास्थ्य चौकी इन्चार्ज, मनोसामाजिक सहजकर्ता,बालबालिका किशोरकिशोरी लगायत पीडित महिलाहरुको सहभागिता रहेको थियो।

संघीयता सँगै व्यवस्था गरिएको न्यायिक समिति सम्बन्धी जानकारी गराउन कार्यक्रमले ठूलो भूमिका खेलेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

सेफ हाउस बझाङ्गका कानूनी सल्लाहकार शिवराज जोशीले अनुशिक्षण कार्यक्रमका प्रशिक्षण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन राष्ट्रिय किशोर सञ्जाल नेपालका अध्यक्ष विजयराज जोशीले गर्नुभएको थियो ।

प्रत्येक स्थानीय तहमा नगर उप-प्रमुख वा उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने ब्यबस्था रहेको छ जसअन्तर्गत जयपृथ्वी नगरपालिका को न्यायीक समितिमा नगर उपप्रमुख जुना जाग्री को संयोजकत्वमा नरेन्द्र बहादुर सिंह र प्रमिला सुनार सदस्य रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार