‘डीडब्लुआरएफ’ द्धारा कैलालीमा ३ दिने महिला आत्मरक्षा तालिमको आयोजना

दलित महिला अधिकार मञ्च नेपाल (DWRF) ले कैलालीमा ३ दिने महिला आत्मरक्षा तालिमको आयोजना गरेको छ ।
प्रकाशित : :

धनगढी : दलित महिला अधिकार मञ्च नेपाल (DWRF) ले कैलालीमा ३ दिने महिला आत्मरक्षा तालिमको आयोजना गरेको छ । किशोरीहरू का लागि आज देखि लम्की चुहा नगरपालिका स्थित जेसिजको हलमा ३ दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।

महिला हिंसा विरुद्धको अभियान प्रहारका प्रमुख प्रशिक्षक प्रकाश चन्दले सहजीकरण गरिराख्नुभएको सो तालिममा बर्दगोरिया गाउँपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाका गरी ३० जना बालिका हरू को सहभागिता रहेको छ ।

तालिमबाट किशोर किशोरीहरूले आफ्नो क्षमताको पहिचान गरी आत्मबल, आत्मविश्वास बढाएको आयोजकको विश्वास रहेको छ । आफूमा घट्न सक्ने हिंसा विरुद्ध आवाज उठाइ प्रश्न गर्न सक्छु भन्ने भावनाको विकास गराउँदै आफू सक्षम बन्ने प्रेरणा दिन र समाजमा हरेक हिंसाको अन्त्य गरी सक्षम बन्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष सावित्री घिमिरेले बताइन् ।

त्यस्तै, सो तालीम अवधिभर किशोर किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी जानकारी, आफू माथि हुने विभिन्न खालका हिंसा विरुद्ध आवाज उठाउन आत्मविश्वास बढाउन तथा आत्मरक्षाका केही महत्त्वपूर्ण सिप सिकाउने उद्देश्यले ३ दिन तालिम दिन लागिएको दलित महिला अधिकार मञ्चकी किशोरी सशक्तीकरण कार्यक्रम संयोजक भगवती चौधरीले जानकारी दिइन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट