कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, २१ दिनसम्म गणना गरिने

क्यामेरा जडान
प्रकाशित : :

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा आजदेखि बाघ गणना सुरु गरिएको छ ।

नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ गणनाको उद्घाटन गर्नु भएको हो ।त्यस क्रममा मन्त्री यादवले वन्यजन्तुका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख वासस्थानका रूपमा रहेकोले निकुञ्ज र आसपासका वन क्षेत्रको संरक्षणमा जोड दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार महतोले स्वचालित क्यामेराबाट बाघ गणना गरिने जानकारी दिए । २१ दिनसम्म बाघ गणना कार्य गरिने बताइएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट