एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्तारूढ गठबन्धन
फाइल तस्बिर
प्रकाशित : :

काठमाडौँ : सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संसदमा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् । गठबन्धन बैठकअघि प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए ।

एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा फरक फरक धारणा रहेको छ । काँग्रेस जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र संशोधन बिना एमसीसी टेबल हुन नसक्ने पक्षमा रहेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी टेबल गर्न दिने तर पारित गर्न नसघाउने पक्षमा हुँदा जसपामा पनि दुई धार रहेको छ। यस्तै राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको छ ।

यस्तो पृष्ठभूमिमा एमसीसी टेबलका लागि प्रयासस्वरुप देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । गठबन्धनमा सहमती हुन सके आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीको योजना छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट