युवा सशक्तिकरण समितिका ९ वटै जिल्ला अध्यक्षहरुद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पूर्णता पायो

युवा सशक्तिकरण समितिका ९ वटै जिल्ला अध्यक्षहरुद्धारा पद तथा गोपनियताको सपथ ग्रहण
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषदले पूर्णता पाएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद गठन आदेश २०७७ (संशोधन सहित) अनुरुप यस अघि कार्यकारी उपाध्यक्ष सहित अन्य सदस्यहरु भएको प्रदेश स्तरीय समिति गठन भइ सके पनि जिल्लाहरुमा समिति गठन भएको थिएन ।

प्रदेशमा प्रदेश युवा परिषद भनिए पनि जिल्ला स्थीत समितिहरुलाइ जिल्ला युवा सशक्तिकरण समिति नाम सहित प्रदेश युवा परिषदको मातहतमा रहने गरि कार्य गर्ने अधिकार रहने वताइएको छ ।

गठन आदेशको दफा ११ बमोजिम गठित जिल्ला युवा सशक्तिकरण समितिका ९ वटै जिल्लाका जिल्ला अध्यक्षहरुलाइ सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो।

कार्यक्रममा मन्त्रालयका मन्त्री लाल बहादुर खड्का राज्यमन्त्री मन्त्रालयका सचिव महाशाखा प्रमुखहरु प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष र परिषदका कार्यालय प्रमुख लगायत अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

कुन जिल्लामा अध्यक्ष को ?
बाबुराजा श्रेष्ठः कैलाली
दिपक विसिः कञ्चनपुर
करन साँउदः डडेल्धुरा
देविजङ्गबहादुर सिहः बझाङ्ग
बिरेन्द्रबहादुर धामीः बैतडी
प्रकास जैसीः डोटी
दिनेस अवस्थीः दार्चुला
दिपकबहादुर खत्री डडालः बाजुरा
नयनबहादुर सोडारीः अछाम

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट