केएमसी क्याम्पसमा निर्वाचन सचेतना अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रम सम्पन्न

निर्वाचन सचेतना अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रम सम्पन्न
प्रकाशित : :

धनगढी : “मेरो मत, मेरो अधिकार” मूल नारा सहित सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार कैलाली बहुमुखी क्याम्पसको सभा हलमा प्रदेश निर्वाचन आयोग धनगढी, कैलालीका प्रमुख आयुक्त प्रेम राज भट्टको प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको हो |

कैलाली बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख धर्मराज उपाध्याय को विशेष आतिथ्य र त्रिनयन संस्था, कैलाली का अध्यक्ष जय धामीको उपस्थितिमा कैलाली बहुमुखी क्याम्पस का 90 जना ऊर्जाशील विद्यार्थीलाई “निर्वाचन र युवाहरूको सम्बन्ध ” शीर्षकमा एक दिने अभिमुखीकरण तालिम दिइएको छ। निर्वाचन नजिकिएसँगै हरेक जनताले निर्वाचन शिक्षा सम्बन्धी सचेत गराइ असल नेतृत्व चयन गर्न उद्देश्य सहित यो अभियान सुरु गरिएको हो ।

अभियानका अभियन्ता तथा संयोजक सुरज खड्काले यो अभियान कुनै राजनीतिक पाटी केन्द्रित नभई जनतालाई सचेत गर्न तथा असल नेतृत्व चयन गर्नमा सहयोग पुराउने उद्देश्यले अभियान सुरु गरेको कुरा उहाँले जानकारी दिए ।

उनले भने “भोट कसलाई दिने अधिकार जनतामा निहित रहेको हुँदा यस पटक निर्वाचनमा जनताहरूले आफ्नो विवेक प्रयोग गरेर निर्वाचनमा भाग लिनुपर्ने बताए”।

यस पटक निर्वाचनमा आफू सही र सक्षम उम्मेदवारलाई भोट दिने र अन्नो परिवार लाई पनि सक्षम व्यक्तिलाई भोट दिन सल्लाह दिने कार्यक्रमका सहभागीहरूले जनाए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट