कैलालीको कैलारी गाउँपालिकामा एक हप्तासम्म अत्यावश्यक सेवामात्रै प्रवाह हुने

कैलालीको कैलारी गाउँपालिका
प्रकाशित : :

धनगढी : कैलालीको कैलारी गाउँपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेक सबै सेवा एक हप्ताका लागि स्थगित गर्न लागिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि कर्मचारीहरु मतदान स्थलमा खट्न थालेकाले वैशाख २६ देखि जेठ २ गतेसम्म गाउँपालिका, वडा कार्यालयहरु र सबै स्वास्थ्य संस्थाबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा स्थगित रहने गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

कर्मचारीहरु निर्वाचन अधिकृतको कार्यालयसहित तोकिएको मतदान स्थलका मतदान केन्द्रहरुमा खट्दै छन् । त्यसले गर्दा सेवाग्राहीलाई सेवा, सुविधा दिन नसकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरद्वारा जारी सूचनामा उल्लेख छ ।

सो अवधिमा सेवा, सुविधा दिन असमर्थ भएकोमा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति गाउँपालिकाको कार्यालयले क्षमायाचना पनि मागेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट