धनगढी : बजेटमा सहमति गर्नका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकै चर्काचर्की भएपछि आज बोलाइएको प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि सहमति जुट्न नसकेपछि आइतबार अपराह्न ३ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा सहमति जुटाउनका लागि आइतबार विहान कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएका् थियो । तर, सो बैठकमा बजेटमाथि सहमति जुट्न नसकेको जनाइएको छ ।
सहमतिका लागि बोलाइएको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल र प्रदेश सभा सदस्यहरुबीच नै चर्काचर्की भएको बुझिएको छ । बैठकमै चर्काचर्की भएपछि प्रदेश सभाको बैठक सञ्चालन हुन सकेन । सोमबार विहान फेरि कार्य व्यवस्था परामर्श समितिको बैठक र अपराह्नतिर प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले बताए ।