सनराईज वैङ्कद्वारा निर्मित प्रतिक्षालय विधालयलाई हस्तान्तरण

सनराईज वैङ्कद्वारा निर्मित प्रतिक्षालय विधालयलाई हस्तान्तरण
प्रकाशित : :

बझाङ : सनराईज वैङ्कले बझाङको वालविकास मावि जयपृथ्वी नगरपालिका ४ गोलाईमा निर्माण गरेको प्रतिक्षालय आज (बुधवार) एक कार्यक्रमका विच विधालयलाई हस्तान्तरण गरेको छ ।

सनराईज वैङकको सॅस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत निर्माण गरिएको प्रतिक्षालयमा वैङ्कले औपचारीक कार्यक्रमको आयोजना गरी विधालयलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा वोल्दै सनराईज वैङ्क बझाङ शाखा प्रमुख नवराज मिश्रले वैङ्कले वैङ्किक काम सॅगसॅगै वेला वखत समुदायमा सामाजिक उत्तरदायित्वका काम गर्ने भयकाले यस्ता निर्माणका काममा समुदायले पनि सहयोग र सुरक्षा गर्नु पर्ने वताउनुभयो । कार्यक्रममा वोल्दै वडाध्यक्ष ईश्वर खातीले वैङ्कले विधालयमा प्रतिक्षालय निर्माण गरेर धेरै सहयोग पुगाएको वताउदै यस्ता सामाजिक काममा अव वडाको तर्फवाट पनि सहयोग हुने वताउनु भयो । त्यस्तै विधालयका प्रधानाध्यापक केश वहादुर खातीले आफ्नो विधालयमा भौतीक सॅरचना बनाईदिएको प्रति वैङ्कलाई धन्यवाद दिदै । प्रतिक्षालयले विधालयमा आउने आगन्तुक तथा शिक्षक अविभावक सवैलाई समज वनाएको वताउनु भयो ।

विधालयका शिक्षक अविभावक सॅघका अध्यक्ष पुर्ण वहादुर नेपालीको सभापतित्वमा सम्पन्न भयको हस्तान्तरण कार्यक्रममा जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष ईश्वर खाती प्रमुख अतिथि रहनु भयको थियो । कार्यक्रममा वडा सदस्य पुष्पराज उपाध्याय,महिला वडा सदस्य विन्दु निरौला ,सनराईज वैङ्क बझाङ शाखा प्रमुख नवराज मिश्र,वैङकका कर्जा सहायक लक्ष्मण सिह,वैङ्कका अपरेसन ईन्चार्ज नवराज रोकाया , वैङ्कका म्यासेन्जर कासीराम कोईराला लगाएत विधालयका शिक्षक एवॅ विधार्थीको सहभागिता रहेको थियो । शिक्षक नरेन्द्र उपाध्यायले सॅचालन गरेको कार्यक्रममा प्रधानाध्यापक केश वहादुर खातीले स्वागत मन्तव्य व्यक्त गर्नु भयको थियो । ६ फिट अर्धव्यास रहेको प्रतिक्षालय हस्तान्तरण सॅगै आज देखि प्रयोगमा आएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट