काठमाडौं : लियो क्लब अफ काठ्माण्डौं युरेकाको नवौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार काठ्माण्डौं को बोसन हिल मा रहेको ब्लु माउन्टेन रिसोर्ट मा सम्पन्न साधारणसभाले वर्ष २०२२/२३ का लागि केशव पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
क्लबको प्रथम उपाध्यक्षमा सिर्जन अर्याल , द्वितीय उपाध्यक्षमा रमिला बुढाथोकी, सचिवमा कुसुम पौडेल , सह-सचिव मा अनिशा श्रेष्ठ र आशिष खत्री ,कोषाध्यक्षमा रिचा काफ्ले, सह-कोषाध्यक्ष साजना खड्का निर्वाचित भएका हुन । युवराज पराजुली र आध्यात्मक सुवेदी रहेको निर्वाचन मण्डल द्वारा लिओ अनुभव का आधारमा नयाँ बोर्ड गठन भएँको लायन्स क्लब अफ काठ्माण्डौं यरुका का कोषाध्यक्ष सविन गर्तौलाले बताए ।
त्यस्तै जनसम्पर्क अधिकारी (पीआरओ)मा साहारा पौडेल , टेल ट्वीष्टरमा अभिमत सुवेदी , टेमरमा राज शाही भएका छन् ।
लियो क्लब अफ काठ्माडौं यरुकाका अध्यक्ष युवराज पराजुली को अध्यक्षता, प्रमुख निर्वाचन मनोनयन अधिकृत युवराज पराजुली , प्रमुख अतिथी डिस्ट्रिक गभर्नर अफ लायन एफ का गभर्नर राजेन्द्र गिरि, विशिष्ट अतिथि डिस्ट्रिक गभर्नर अफ लायन एफ का पूर्व गभर्नर लायन मधुकर उपाध्याय ,पूर्व डिस्ट्रिक गभर्नर रुद्र हरि ज्ञवाली , अतिथिमा लियो क्लब अफ काठ्माडौं यरुकाका पूर्व अध्यक्ष लायन बुद्धिमान ढुङ्गाना, हालका अध्यक्ष गोविन्द कटुवाल र लायन्स सुदेस्ना ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रम मा क्लव ले गरेँको काम को बार्सिक प्रतिबेदन अन्तर्गत , आय व्य को साथै कार्यक्रम को शीर्षक बारे क्रमशः सचिव र कोषाध्यक्ष ले प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रम मा वर्ष को क्लव ले गरेँको क्रियाकलाप मा उत्कृष्ट योगदान पुर्याउने लिओ लाई सम्मान सँगै विभिन्न विधामा हौसला स्वरुप सम्मान गरी कार्यक्रम सम्पन्न भएको थियो ।