राजनीति शास्त्र पढ्नु गलत हो र ?

मुख नमिठो पार्छन्

स्वस्तिका बख्रेल/सिन्धुली

स्वस्तिका बख्रेल/सिन्धुली : म एक छोरी मान्छे। म अझैं पनि यस्तो समाजमा छु कि जहाँ छोरी मान्छे काम विशेषले घर ढिलो फर्कियो भने पनि किन ढिलो भन्ने प्रश्न भन्दा अगाडि चरित्रमा ओैला उठाउन तयार भएर बसेकाे हुन्छ ।

मेराे परिवार पनि त यहि समाजकै हिस्सा त हो नि तर यो समाज भन्दा अलि बेग्लै छ मेरो परिवार । सानै देखि नै सामाजिक काम गर्न मन पर्ने मलाई घरमा बाबा राजनीति तिर सक्रिय नै हुनुहुन्थ्यो र हुनुहुन्छ , घरमा राजनीतिक कुराहरुमाथि बेला बेलामा वैचारिक बहस नै चल्थ्याे तर आफूलाई चाहिँ खासै राजनैतिक विचारधारा बारे ज्ञान नभएको हुनाले केहि बुझ्थेन तर नजानेको कुरा छ भन्दैमा छोड्ने बानी भने मेरो थिएन बरु सो बारे जानकारी खोज्नु लिनु मेरो रुचिको विषय थियों र त्यही रुचिको विषय मेरो बानी बन्यो।

समय बित्दै गयो। प्राबिधिक धारको ए.ई.ई (जेटिए) सकेर सिन्धुली बजार झरे पश्चत बाल क्लबमा रहेर सामाजिक कार्यहरू गर्न झन् सजिलो भयो र प्रभबकारी हुँदै थियो । सिन्धुली बजारमा राजनैतिक माहोल र बहस ताती रहन्छन् र म सिन्धुली झर्दा पनि ताती नैं रहेका थिए। त्यतिन्जेल मलाई पनि राजनीति प्रति चासो बढी सकेको थियो, राजनैतिक इतिहास, राजनैतिक विचारधारा पढ्दै थिए : बिपीबाद देखि मार्क्सबाद, लेनिनबाद तर पनि कुनै राजनैतिक संगठन मा भने लागेको थिइन। जब देशको युवा भए अर्थात् जब मैले मताधिकार पाएँ मलाई राजनीति प्रति झन् चासो बढ्यो अन्ततः मैले प्लस टू सकेर राजनीति शास्त्र पढ्ने निधो गरे र पढ्दै छु।

राजनीति आफैमा एक सुन्दर शब्द हो तर हामीले यसलाई फोहोरी खेल भनेर बुझ्छौ। हामीले यो बुझेका छैनौं की राजनीति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानिसको जन्मदेखि मृत्युसम्मको सहयात्री हो। राजनीति भन्ने बितिकै हामी नारा जुलुस प्रर्दशन विद्रोह हड़ताल बुझ्छौ तर बस्तमै राजनीति भनेको नेतृत्व गर्नु हो। राज्यको नीति, ब्यवस्थालाई ठिक गरि जनताको लागि अन्य देशप्रतिको कुटनैतिक आदी सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था हो राजनीति ।

‘Politics’ ग्रीक भाषको ‘Polis र Politia’ शब्दबाट उत्पति र यसको अर्थ हुन्छ : नगर र राजनिति । राजनैतिक सिद्धान्तको दृष्टीकोणलाई पुर्वीय र पश्‍चिमी दुई राजनीतिक दृष्टिकोणमा विभाजीत गरिएको छ। वेद, रामायण र महाभारतमा प्रतिवादित सिद्धान्त पुर्विय हो भने प्लाटो, अरस्तु, सुकरात द्वारा प्रतिवादी सिद्धान्त पश्‍चिमी राजनितिक सिद्धान्त हो । यसरी राजनीतिलाई बुझ्ने र मन पराउनेहरु ले यसलाई गुरु विज्ञान अर्थात् विज्ञानहरुकी महारानी भन्दछन् भने नबुझ्ने र मन नपराउने हरुले फोहोरी खेल।

आफ्न छोरोछोरीलाई राजनैतिक ज्ञान दिनुपर्छ र देशको कुशल नेतृत्व गर्न प्रेरित गरेर देश विकासमा योगदान पुर्याउन सफल बनाउनुपर्छ। जब सम्म देशमा कुशल र सक्षम युवाले इमान्दारीका साथ राजनीति गर्दैन तब सम्म देशको समुन्नत विकासमा खाडल रही रहनेछ। यही सोच र चिन्तन का साथ अहिले राजनैतिक शास्त्र पढ्दै छु र देशको समुन्नत विकासमा आफूलाई एक कुशल नेतृत्व भएर होमिनेछु।

मेरो पनि घरमा बुवाआमाको पनि ठूलो सपना थियो होला राम्रो विषय पढाएर ठूलो मान्छे बनाउने तर मैले राजनैतिक शास्त्र रोजे। अझै पनि के पढ्छस् भनेर सोध्दा राजनीति शास्त्र भन्ने जवाफ दियो भने नाक खुम्चाउन्छन् , मुख नमिठो पार्छन्। मैले ठीक गरे वा गल्ती गरे, मसङ्ग उत्तर छैन ? (सम्पादित शब्द लेखक स्वयमका हुन् ।)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार