कविता : ‘सपना’

कविता : 'सपना'

मलाइ सपना मन पर्छ ।
मलाइ सपना देख्न मन पर्छ ।।

सायद धरै सोच्न थालेछु अचेल ।
सायद धेरै मौन भएछु अचेल ।

सायद तिमी टढा भयदेखि नै हो म मौन बस्न थालेको ।
सायद तिमीले छोडेदेखि नै हो मैले धेरे सोच्न थालेको ।
हुन त म कस लाई के भन्नु र ।
तिमी आफै मसँग बोल्न आयौ ।
र बिस्तारै आफै बोल्न पनि छोड्यौ ।
सायद तिम्रो आवश्यकता थियो होला ?
जरुरत पर्दा फोन गर्थ्यौ पछि फोन काट्थ्यौ ।
जरुरत पर्दा साथ माग्यौ पछि साथ छोड्यौ ।
जस्तैकी म पानी हो ?
जस्तैकी म खरानी हो ?
जस्तैकी म कैद भएको प्राणी हो ?
खै किन आजभोलि खुसी मान्छे देख्दा नि मन जल्छ ।
दुखी मान्छे देख्दा नि मन जल्छ ।
तर मलाई सपना मन पर्छ ।
मलाई सपना देख्न मन पर्छ ।।

किनकि तिमी आजभोलि सपनामा मात्रै आउँछ्यौ ।
पहिले मेरैपछि धाउने तिमी अचेल केवल सपनामा मात्रै धाउँछ्यौ ।
त्यसैले त मलाई सपना मन पर्छ ।
त्यसैले त मलाई सपना देख्न मन पर्छ ।।

म आफूलाई चुरोट ठान्छु सलाई तिमीले सल्कायौ,
म आफूलाई आगो ठान्छु जसलाई तिमीले दन्कायौ,
म आफूलाई घर ठान्छु जसलाई तिमीले भत्कायौ,
म आफूलाई रुख ठान्छु जलाइ तिमीले ढलायौ,
म बिग्रेको मान्छे तिमीले झन् बिगार्‍यौ,
म बन्दै गरेको चित्र तिमीले मेटायौ,
म हराएको यात्री खै त कसले भेटायो ।
मनमा बलेको आगो झन् बल्छ,
सपनाको महल बनाउँदा बनाउँदै ढल्छ,
तर मलाइ कहिले पुरा नहुने सपना खुब मन पर्छ ।।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार