एउटै निर्वाचन क्षेत्र रहेको बैतडीको प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारीले निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) लाई पराजित गर्दै उनले जित हासिल गरे ।
एमालेका भण्डारीले ३३ हजार ६ सय ११ मत प्राप्त गरे भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका छन् ।
बैतडीमा भण्डारीको यो तेस्रो पटकको जित हो ।