बैतडीबाट चौथो पटक चुनावी मैदानमा उत्रिएका भण्डारी यस पटक पनि बलियो उम्मेदवार

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष हुन् दामोदर भण्डारी ।

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष हुन् दामोदर भण्डारी । अहिले चौथो पटक बैतडीमा उनी सांसदको चुनाव लड्दै छन् । पुर्व अर्थ राज्यमन्त्री समेत भइसकेका भण्डारी यस पटक बैतडीमा सत्तारुढ ५ दलिय गठबन्धनका उमेदवार माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर बिजय सुन्दरसंग भिड्दै छन् । कुँवरसंगको भिडन्त उनको तेश्रो पटक हो ।

अनेरास्ववियुबाट राजनिति थालेका भण्डारी निम्न मध्यम परिवारमा जन्मेका थिए । घर परिवारका सदस्य समेत राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएका बेला अखिलको राजनिति शुरु गर्दै एमाले छिरेका भण्डारी आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा बैतडीबाट प्रतिनिधीसभाको उमेदवार बनेका छन् । उनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गरेका छन् ।

२०६४ सालको संबिधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर १ बाट निर्वाचन लडेका भण्डारी नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर बिजय सुन्दरसंग पराजित भएका थिए । एक पटकको पराजितबाट उनि निराश भएनन् । राजनितिलाई झन बलियो बनाउँदै बैतडीमा एमालेलाई झन बलियो संगठन बनाउनमा उनि सफल भए । २०७० सालको दोश्रो संबिधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर १ बाट उनले फेरी उमेदवारी दिए ।

उनिसंगै नेपाली काग्रेंसका लोकराज अवस्थी र माओवादी केन्द्रका नरेन्द्र कुँवर बिजय सुन्दर चुनावी मैदानमा थिए । राजनितिमा पाको काग्रेंसका लोकराज अवस्थी र एक कार्यकाल संबिधानसभा सदस्य बनेका माओवादीका कुँवरलाई पराजित गर्न भण्डारीलाई निकै सकस थियो । तर अन्ततः दोश्रो संबिधानसभा निर्वाचनमा भण्डारी काग्रेंसका लोकराज अवस्थीलाई पराजित गर्दै बिजयी भए ।

सोही कार्यकालमा केपी सर्मा ओली नेतृत्वको ९ महिने सरकारमा भण्डारी अर्थ राज्यमन्त्रीपनि भए । अर्थ राज्यमन्त्री भएकै बेला लोकप्रियता कमाएका भण्डारी २०७४ सालको प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा बैतडीबाट बाम गठबन्धनका साझा उमेदवार बने । नेपाली काग्रेंसका नर बहादूर चन्दलाई भारी मतले पराजित गर्दै भण्डारी प्रतिनिधीसभा सदस्यमा बिजयी भए । त्यसपछि पार्टीको आन्तरिक राजनिति र कानुन निर्माणमा उनको भुमिका उल्लेख्य रह्यो । सोही भुमिकाको मुल्याकंन गर्दै भण्डारीलाई पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी मिल्यो । हाल भण्डारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष हुन् । उनि मंसिर ४ गते हुने निर्वाचनमा बैतडीबाट प्रतिनिधीसभा सदस्यको उमेदवार छन् ।

२०६४ र २०७० सालमै उनका प्रतिस्प्रधी रहेका नरेन्द्र कुँवर बिजय सुन्दर छन् । सत्तारुढ ५ दलिय गठबन्धनका साझा उमेदवार कुँवर र भण्डारीको भिडन्त यसपाली हुँदैछ । तर भण्डारी निकटले भने बैतडीमा भण्डारीको बिकल्प नरहेको बताउँछन् । दामोदर भण्डारी बैतडीका लागी ब्राण्ड भइसक्नुभएको छ नेकपा एमाले बैतडी जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले भने “दामोदर भण्डारी यसअघी दुई पटक माननिय र एक पटक अर्थ राज्यमन्त्री भइसक्नुभएको नेता हो, उहाँको ६ महिने राज्यमन्त्रीको कार्यकालमा बैतडीमा बर्षौदेखी अघी बढ्न नसकेका ठुला देखी साना योजना सुचारु भएका छन्, पाटन बिमानस्थल निर्माण, बैतडी जिल्ला अस्पतालको स्तरोन्नती, महाकाली करिडोर निर्माणका लागी बजेटको सुनिश्चितता, पाटन पञ्चेश्वर सडक लगायतका ठुला योजना भण्डारी मन्त्री भएपछिनै अघी बढेका हुन् ।”

यि भन्नका लागी मात्रै केही नमुना हुन् भण्डारीले बैतडीका लागी बर्षौँदेखी राजनिति गरेर आएका नेताहरुभन्दा कयौँ गुणा काम गर्नुभएको छ उनले भने “जनताको बिचमा सधैँ दामोदर भण्डारी हुनुहुन्छ, राज्यको पहुँचमै नभएका बैतडीबासीले अहिले आफ्नो प्रतिनिधी भएको महसुस गरिराख्नुभएको छ, सधैँ सालिन र जनतासंगै रहेर काम गरेका कारण, स साना गाउँका समस्या समाधान देखी ठुला काममा भण्डारीको योगदान भएकै कारण उहाँको बिकल्प छैन ।”

उहाँले कसैसंग राजनितिक पुर्वाग्रह राख्नुभएन, सबैलाई समान ब्यवहार गर्नुभयो भण्डारीले भने “अब भण्डारीका प्रतिस्प्रधी नरेन्द्र कुँवरको बिगत सबैलाई थाहानै छ, उहाँको राजनित, गुण्डागर्दी, कतिलाई घाइते बनाए, कति कुटिए यस कारण कुँवरले जनताको बिश्वास पाउँदैनन् ।” गठबन्धनमा झन भाँडभैलो छ उनले भने “संघमा काग्रेंसका नेता केशव चन्द स्वतन्त्र उठ्नुभाछ, प्रदेशमा हरीमोहन भण्डारी यस कारणपनि हामीलाई जित्न सहज छ, एजेण्डा बिहिन गठबन्धनले होइन एजेण्डा सहितको एमालेका सुर्यध्वजाबाहक उमेदवारले जित्नेछन्, हामी बैतडीबाट संघ र प्रदेशका तिनवटै उमेदवारलाई जिताउँदैछौँ ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार