गठबन्धनलाई हराउँदै बैतडीमा एमाले उम्मेदवार भण्डारी तेस्रो पटक विजयी

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष हुन् दामोदर भण्डारी ।

एउटै निर्वाचन क्षेत्र रहेको बैतडीको प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारीले निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) लाई पराजित गर्दै उनले जित हासिल गरे ।

एमालेका भण्डारीले ३३ हजार ६ सय ११ मत प्राप्त गरे भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका छन् ।

बैतडीमा भण्डारीको यो तेस्रो पटकको जित हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

50%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार