एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ । पौडेललाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।
एमाले र माओवादीको नयाँ गठबन्धन बनाउने सूत्रधार समेत रहेका पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
उनी यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसकेका छन् । उनी योसहित छैटौं पटक मन्त्री बन्ने भएका छन् । त्यस्तै एमालेबाट सोमबार नै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री पदको शपथ लिने भएका छन् ।
एमालेबाट सोमबार मन्त्रीको शपथ लिन लागेकाहरू प्रत्यक्ष निर्वाचित भएका प्रतिनिधिसभा सदस्य हुन् ।