उपप्रधान र अर्थ मन्त्रालय लिएर विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा

विष्णु पौडेल

एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ । पौडेललाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।

एमाले र माओवादीको नयाँ गठबन्धन बनाउने सूत्रधार समेत रहेका पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

उनी यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसकेका छन् । उनी योसहित छैटौं पटक मन्त्री बन्ने भएका छन् । त्यस्तै एमालेबाट सोमबार नै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री पदको शपथ लिने भएका छन् ।

एमालेबाट सोमबार मन्त्रीको शपथ लिन लागेकाहरू प्रत्यक्ष निर्वाचित भएका प्रतिनिधिसभा सदस्य हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार