SKIP THIS

S.P.A  Collage

सोनु कुमारको संघर्षले कोरेको हर्ष: बाजुरादेखि नेपाली सेनाको सहायक सेनानीसम्म

सोनु कुमारको संघर्षले कोरेको हर्ष: बाजुरादेखि नेपाली सेनाको सहायक सेनानीसम्म

रतन बहादुर बुढा, काठमाडौं : सुदूर पश्चिमको हिमाली जिल्ला बाजुरा प्रकृतिले दिएको सुन्दर उपहार हो । त्यही अनुपम प्रकृतिको काखमा हुर्केर आफ्नो जिम्मेवारीलाई काँदमा बोकेका सोनु कुमार बुढाको कथा कुनै चलचित्रको दृष्य जतिकै रोचक र रसिक छ ।

सोनु कुमार अहिले नेपाली सेनाको सहायक सेनानी अर्थात् सेकेन्ड लेफ्टीनेन्ट पदबाट देशको सेवा गर्दै छन् । कुनै बेला उनै सोनु कुमार आफ्नो सपना र परिवारको आर्थिक जिम्मेवारीले गहिरोसँग थिचिएका थिए । उनले आफ्नो ४ वर्षकै उमेरमा बुवा बुद्धि बुढा गुमाए । बुवा गुमाएसँगै उनको परिवारमा आर्थिक अभाव सिर्जना भयो । आमाको पेटमा बहिनी थिइन् । आमा जेनतेन मेलापात गर्नुहुन्थ्यो । तर त्यसले परिवारको अवस्था धान्न धौ-धौ नै थियो ।

बालक उमेरदेखि नै सोनु कुमारको मष्तिष्कमा तीन कुरा रोटेपिङ झै“ घुमिरहन्थ्यो । पहिलो- आफ्नो पढाइलाई निरन्तरता दिने, दोस्रो- आमाको मुहारमा पहिलेको जस्तै चमक ल्याउने र तेस्रो- बहिनीलाई पढाउने । चाहे पूरा हुन् वा अधुरा सपना देख्न कहिल्यै छाड्नुहुँदैन । यही ध्येय सहित सोनुकुमार जति सुकै कठिन परिस्थिति आएपनि त्यसलाई सामना गर्ने मार्गमा थिए ।
उनी भन्छन्, “बाजुरा जिल्ला धेरै पिछडिएको जिल्ला हो । त्यहाँ गाउँलेहरुसँग मन हुन्छ । तर धन हुँदैन । मनले संसार नै आफ्नो बनाउन सके हाम्रा भेगका मानिसहरु उहिल्यै नै धनाढय भइसक्थे ।”

टंक बुढाथोकीले रचेको ‘मन विनाको धन ठूलो कि धन बिनाको मन ?’ गीत जस्तै अन्योलबीचमा सोनुको जीवन बितेको थियो । कक्षा ८ सम्म गाउँकै कुर्पेकोट आधारभूत विद्यालयमा पढे । दिन रात नभनी आमाले सोनुलाई कक्षा १० सम्मको पढाइ गाउँ नजिकैको मालिका मावि पढाइन् । कापी र किताबको जति नै अभावमा दुःख र कष्ट झेल्दै पढेको दिन सोनु सम्झिन्छन् ।
एसएलसी उत्र्तिण गरेपछि सोनुले एसपीए कलेजमा विज्ञान विषय लिएर कक्षा ११ मा भर्ना भए । उनको तेजिलो दिमागले अध्ययनमा सहयोग मिल्थ्यो तर आर्थिक अभाव अध्ययनमा तगारो हुन पुग्यो । खान र बस्न नै समस्या थियो कलेजको शुल्क बुझाउन झनै मुस्किल पर्‍यो ।

त्यसपछि सोनु कलेज छोडेर घर फर्किए । गाउँमा उच्च शिक्षा अध्ययन गर्ने अर्को विद्यालय थिएन । छिमेकी वडाको काँडा भवानी माविमा भर्ना भए । विज्ञान विषय नभएपछि उनले अर्थशास्त्र विषय पढ्ने विचार गरे । उनलाई जसरी पनि विज्ञान विषय पढ्ने धोको थियो । बाजुराकै भानुदयमा विज्ञान संकाय पनि पढाइहुने थाह पाएपछि सोनु फेरि मानोदयमा भर्ना भए । घरबाटै खाने सामान ल्याएर पढ्न सहज हुने भएपछि उनलाई मानोदय माविमा पढ्न सजिलो भयो । पढाइमा अब्बल सोनुले काँडा भवानी माविबाट अर्थशास्त्र र मानोदय माविबाट विज्ञान विषय उत्र्तिण गरे ।

१२ कक्षा उत्तीर्ण गरेपछि सोनुको जीवनमा केही परिवर्तनका रेखाहरु कोरिन थाले । आफै परिश्रम गर्दै पढेका सोनु २०७४ सालको म्यादी प्रहरीमा भर्ती हुनासाथ उनीमा नेपाली फ्रोर्स लाइनको जागिर खाने इच्छा जाग्यो । त्यसपछि उनी नेपाली सेनाको सेनाको सिपाही पदमा छानिए जुन उनको जीवनको टर्निङ् पोइन्ट बन्यो ।

उनी भलिबल खेलमा निकै रुचि राख्थे । भलिबलमा उत्कृष्ट खेलाडीको उपाधि पनि जित्दै आएका थिए । यही खेलप्रतिको रुचि, पढाइप्रतिको लगनशीलता र व्यक्तिगत अनुशासनका कारण उनी सिपाही पदमा मात्रै रोकिएनन् । करिब पाँच वर्षपछि उनले नेपाली सेनाको सहायक सेनानी पदमा नाम निकाले ।

उनी भन्छन्, “प्रकृतिले दिएको देन रहेछ मानव जीवन । प्रकृतिले दिएको उपहार त्यसै निष्कृय राख्नु हुँदैन । आफ्नो परिवार र देशको लागि केही न केही गरेर मर्नुपर्छ ।”

आमाको बारेमा सोध्दा उनी भन्छन्, “आमालाई छोराको पोस्टको बारेमा के कति हुन्छ भन्ने थाहा छैन । तर अरुको मुखबाट सुन्दा उहाँ धेरै खुशी हुनुहुन्छ । अब पिर नमान्नु भन्छन् । आमालाई पनि बधाइ दिन्छन् । पथ प्रदशक आमा हुन् । मलाई आमाको माया धेरै लाग्छ । पहिलो शिक्षा दिने नै आमा हो । जसले आमाको माया पाउन सक्छ त्यही व्यक्तिले भविष्यमा केही न केही गर्न सक्छ ।“

आफूले असल कर्म गर्नुपर्छ र आफ्नो लागि सबैभन्दा उपयुक्त लक्ष्य लिनुपर्छ आफ्नो लगावलाई निरन्तरता दिनुपर्छ । फेल भएपनि हार मान्नुहुँदैन भन्ने कुरामा जोड दिन्छन् सोनु ।

आफ्नो भावी योजनाको बारे शोनू भन्छन्, “कमान्डरको भूमिका निर्वाह गर्ने सपना छ । नजानेको कुरा आफूभन्दा अग्रजलाई सोधेर अघि बढ्ने छु । कार्यकाल पूरा भइसकेपछि समाजसेवी बनेर उदाहरणीय भएर उदाउने छु ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

76%

खुसी

10%

दुःखी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार