आसै-आसमा सन्तुष्टि खोज्न विदेसिएको म !

आसै-आसमा सन्तुष्टि खोज्न विदेसिएको म !

नमस्कार ! मेरो नाम अर्जुन बोहरा हाे म हाल करिब १ बर्ष देखी मलेसियामा छु । अग्रेजी नयाँ बर्ष सन् २०२४ को पुर्वसन्ध्या अर्थात सन २०२३ डिसेम्बर ३१ तारेखको दिन थियो । अरुदिन जस्तै त्यसदिन पनि म काममा गएको थिए । दिनभरी कामको व्यस्तताले मोबाइल हेर्न पाइन अझ भनौ कामको वेला मोबाइल गोजीमा राख्ने अनुमती सम्म थिएन ।

साझ काम सकेर कोठामा फर्किए अनि मोबाइल खोलेर हेरे । ठिक एक बर्षअघि नेपाल छोड्ने वेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको तस्वीर आफ्नो फेसबुकमा पोष्ट्याएको रहेछु । त्यही तस्वीरलाई फेसबुकले बर्षदिनपछी स्मरण गराइदियो ।

अरुदिन झ्याप्पै निदाउने म, तर खै ? त्यस दिन के भयो निन्द्रा नै लागेन । सायद फेसबुकले स्मरण गराएको त्यो पोष्ट मेरो मानस्पटलमा घुमिरहेको थियो । मलेसिया आएको पनि एक बर्ष भइसकेछ तर प्रगती के भयो ? सबैभन्दा पहिले मेरो मनमा उब्जिएको प्रश्न थियो यो । म भित्रै रहेको अर्को मनले भन्दै थियो प्रगती गर्न हिडेको भए पो प्रगती हुनु ! परिवार पाल्न हिडेको मान्छे होस, परिवार पालेको छस यहि नै ठूलो कुरा हो । फेरि म सोचमग्न भए के म परिवार पाल्नकै लागी मात्र घर छोडेको हु ?

हो मलाई थाहा छ पारिवारिक जिम्मेवारी मेरो काधमा छ । वृद्ध भत्ता खाने उमेराका बा-आमा घरमा छन । तर यति भन्दैमा मेरा व्यक्तिगत चाहाना र सपना हुदैनन भन्ने छैन । मेरा पनि चाहाना छन सपना छन । त्यस मध्यको मेरो एउटा ठूलो सपना थियो युरोप जाने या भनौ मलाइ युरोपले मोहनी लगाए जस्तै लाग्थ्यो। थोरै साक्षर र बुझ्ने भएदेखी नै म पनि युरोप जाने सपना देख्न थालेको थिए । त्यसमाथी सङ्गैका दौँतरीहरु कोहि वैदेशिक रोजगारी त कोहि अध्ययनका लागि विकसित मुलुक तर्फ पलायन भएको देख्दा मलाइ झन छटपटी र हुटहुटी बढ्न थाल्यो ।

मलाइ पनि हतार भएजस्तो कतै छुटेजस्तो अनुभव हुन थाल्यो । मलाइ जुनसुकै हालतमा युरोप जानु थियो । तर भन्ने बितिक्कै जान मेरो आर्थिक अवस्थाले दिदैन थियो । सामान्यतया: अहिले युरोप जानको लागि ८ देखि १० लाख सम्म म्यानपावर एजेन्सीलाई बुझाउनै पर्छ । यहि पैसा बन्यो मेरो सपनाको बाधक । यो रकम मेरोलागी सानो रकम थिएन ।

त्यसपछि म विकल्प खोज्न बाध्य भए । यत्रो रकम सापटी मागेर दाउ लगाउने हिम्मत पनि आएन । त्यतीवेला म स्नातक प्रथम बर्षमा अध्यन सङ्गै पत्रकारिता गरिरहेको थिए । तर बढ्दो शिक्षित बेरोजगारको सङ्ख्या र मिडिया क्षेत्रमा भबिष्य नदेखेपछी मैले पारिवारिक जिम्मेवारी र आफ्नो सपना पूरा गर्ने आशमा खाडी मुलुक तिरै भएपनी विदेशिने निर्णय गरे । मेरो यो निर्णयमा परिवारको पनि विमती रहेन किनभने मलेसिया र खाडीका मुलुकमा केही शुलभ लागत लाग्ने रहेछ ।

अन्ततः म सन २०२३ मा विदेशिन पुगे । तर मलाइ यहाँ आएको दिनदेखी नै कहिल्यै आत्मसन्तुष्टिको आभास भएन । सायद मेरो तन यता भएपनी सपना युरोपको थियो मन भने उता नेपाल तिरै । त्यसमाथी खाडी मुलुकमा काम गर्न आउनेलाइ हेर्ने नजर भिन्नै हुदो रहेछ । यो पनि मलाइ चित्त बुझेन ।

सीप भएकाहरुले राम्रो आम्दानी पनि गर्छन तर यहाँ काम गर्न आउनेको कोहि कसैले सम्मान नगर्दो रहेछ । यहाँसम्म कि आफन्तैले समेत नाक खुम्च्याउने अवस्था रहेछ ।

यस्ता अनेकौं कारणले मलाइ यहाँ बस्न मन पटक्कै लागेको छैन । त्यसमाथी म त झन युरोपको सपना बोकेर अरब पसेको मान्छे । मेरो त्यो युरोपको सपना अझैसम्म मरेको छैन । जान लाग्ने लागतको आधाजती रकम जम्मा पनि गरिसके अब केही जम्मा गर्छु र नेपाल फर्किन्छु आशैअशमा दिन बिताउदै छु ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार