‘तिमीहरू ठकुरी हौ भने हामी (दशरथ र गंगालाल) वीरहरूको गोलीद्वारा मर्ने माग पूरा गर’

'मलाई मारेपछि तिमी रोइदेऊ है राममाया'

‘तिमीहरू ठकुरी हौ भने हामी (दशरथ र गंगालाल) वीरहरूको गोलीद्वारा मर्ने माग पूरा गर’
धनगढी सहिद गेट स्थित सहिद दशरथ चन्दको शालिक
प्रकाशित : :

बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित बस्कोट गाउँ सहिद दशरथ चन्दको गाउँ हो। यहाँका बासिन्दालाई अहिलेसम्म सहिद दशरथचन्दको नाममा नगरपालिकाको नाम राख्नु बाहेक सरकारी तवरबाट कुनै उल्लेख्य काम भएको सम्झना छैन।

दशरथ चन्दको जन्म १९६० असार १७ गते बैतडीको बस्कोटमा भएको थियो। जंगबहादुरको शासनकालमा बैतडीका हरिचन्द र चयचन्दले जंगको विरुद्ध विद्रोह पनि गरेका थिए।

जयचन्दका छोरा शेरबहादुरका छोरा हुन् दशरथ। शेरबहादुर चन्द नेपालगन्जको बडाहाकिम हुँदा वर्तमान सुर्खेतलाई आवाद गर्नमा निकै योगदान गरेका थिए। आफ्नो बाल्यकाल बस्कोट र नेपालगन्जमा बिताएपछि सन् १९२०–२१ तिर दशरथ अध्ययनका लागि पहिले अलमोडा र पछि बनारस गए। जालियाँवाला बाघ काण्ड घटेको ताजै थियो। त्यसको प्रतिरोधमा अनेकौँ सत्याग्रह र असहयोग आन्दोलनहरू भइरहेका थिए।

सन् १९३० मा भएको नामक आन्दोलनको सिलसिलामा त दशरथ आफैँ पनि बनारसमा थुनिएका थिए। बनारसमै उनले एन्ट्रेस पास गरेर आइए पढ्न लागे। भारतमा घुम्दाघुम्दै दशरथले चम्पारन इलाकाका केही जग्गाको म्यानेजरी राम राजाबाट पाए। यहीँ म्यानेजरी काम गर्दा हुँदा उनको ९० सालको अन्ततिर बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग जम्काभेट भयो। यसरी क्रान्तिकारी विचारधारा लिएर एवं आन्दोलनमा दीक्षित भएर दशरथ काठमाडौँ पुगे।

उनी तत्कालीन चिफ साहेब रुद्र शमशेरको सम्पर्कमा पुगे। उनकै परिवारमा एकजना मैयाँ साहेब जुलियानाले दशरथलाई खुबै मन पराएकी थिइन् भनिन्छ। जे होस्, १९९० सालमा रुद्र शमशेर पाल्पा धपिएपछि दशरथ पनि भारततिर लागे। भारतमा घुम्दाघुम्दै दशरथले चम्पारन इलाकाका केही जग्गाको म्यानेजरी राम राजाबाट पाए। यहीँ म्यानेजरी काम गर्दा हुँदा उनको ९० सालको अन्ततिर बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग जम्काभेट भयो।

बृचिस र ह्याट लगाई हात्ती चढिरहेका ठकुरी बाबुसाहेब दशरथ चन्द र बाबु ढाक्रे भएकाले काम खोज्दै भड्किरहेका तनहा टंकप्रसादको यो संयोगको भेटघाट १९९७ सालको त्यो गौरवमय काण्डको श्रीगणेश हुन जानु एउटा रोमाञ्चकारी घटना नै थियो। राणा सरकारको विरोध गर्न र जनतामा राजनैतिक चेतना ल्याउन कुनै संस्था खोल्न यी दुईजनाले त्यस बेला गरेको अठोट फलस्वरूप नै १९९३ सालमा नेपाल प्रजा परिषद्को गठन भयो र ९७ सालको काण्ड मच्चियो। 

उक्त परिषद्को प्रचार कार्य अन्तर्गत भारतमा राणा सरकारको भण्डाफोड गर्नामा पनि दशरथको देन अविस्मरणीय छ। पटनाबाट निस्कने हिन्दी पत्रिका ‘जनता’मा नेपाल र नेपाली जनताबारे जोसिला लेखहरू लेख्ने ‘सेवा सिंह’ यिनै चन्द सिंह बाहेक अरू को सिंह हुन सक्थ्यो? परिषद्को संगठन गर्ने उपत्यकामा पर्चाबाजी गर्ने आदि काममा पनि नेतृत्व उनैको थियो। 

१९९७ सालको काण्डको सिलसिलामा पक्रिएर बन्दी रूपमा सिंहदरबारमा राखिएका यी सेवा सिंह साँच्चिकै सिंह जस्ता थिए। त्यस बेला यी अभयमूर्ति बन्दीले राणा जर्साहेबको खाना कसरी खोसेर खाए, माफी मागे छाडिदिने आशा राणा सरकारले देखाएको बेला उनले आफ्ना साथीहरू सबैलाई सम्बोधन गर्दै माफी नमाग्न कसरी जोसिलो आह्वान गरे, ज्यान सजाय सुनाउँदा कसरी जोसिलो आह्वान गरे, ज्यान सजाय सुनाउँदा कसरी हर्रर हाँसे, साथीहरूलाई जीवनभर कैदको सजाय सुनाउँदा उनी कसरी ‘कसको जीवनभर? जुद्धशमशेरको जीवनभर?’ भनी कुर्ले, उनले राणा शासकहरूलाई ‘तिमीहरू ठकुरी हौ भने हामी (दशरथ र गंगालाल) वीरहरूको गोलीद्वारा मर्ने माग पूरा गर’ भनेर कसरी हुँकारे– इत्यादि उनका अद्भुत वीरताका बयानहरूत आज हाम्रा घरघरमा दन्त्य कथा बनिररहेकै छन्। आफ्नै मृत्युपछि हुने दयनीय अवस्थामा पनि मार्मिक व्यङ्ग्य गर्न सक्ने उनको धैर्य अवश्य पनि प्रमाण योग्य छ।

यस्तै उनका वीरताका चमत्कार माघ १५ गते राति विष्णुमतीमा बाँधिएर ठड्याइँदासम्म पनि झन् उग्र रूपले प्रदर्शित हुँदै थियो। सायद त्यस हालतमा पु¥याई उनलाई निहु¥याउँला भन्ने सुरले जनरल नर शमशेरले उनलाई ‘बिराएँ भन, भनी दोहो¥याई तेहे¥याई आग्रह गरिरहे। तर उल्टो दशरथ, गंगालालहरूले गर्जंदै नर शमशेरलाई भने, ‘हामीले के बिराएका छौँ र माफी माग्ने? बरु, तिमीहरूले माग माफी जनतासँग… ।’

मारिनु दुई–चार दिन अगाडिसम्म आफू थुनिएको कोठा सफा गर्न आएकी राममायालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मेरा साथीहरूलाई मारेपछि रुने उनीहरूको आफन्त धेरै छन्। तर यस दुनियाँमा मेरा लागि रुने कोही छैनन्।

त्यसैले मलाई मारेपछि तिमी रोइदेऊ है राममाया!’ आफ्नै मृत्युपछि हुने दयनीय अवस्थामा पनि मार्मिक व्यङ्ग्य गर्न सक्ने उनको धैर्य अवश्य पनि प्रमाण योग्य छ। तर दशरथ चन्दजीको त्यस बेलाको सोचाइको विपरीत उनी सहिद भएको बेला राममायाले मात्र होइन, असङ्ख्य नेपाली नरनारीले आँखाबाट आँसु बगाए। जुलियाना मैयाँले खान नै छाडेर प्राण त्यागिन् रे। दशरथलाई सम्झी रुनेहरू उहिले मात्र थिएनन्, आज पनि मनग्गे छन्, भविष्यमा पनि भइरहनेछन्। 

(यो सामग्री भुवनलाल प्रधान लिखित, काठमाडौँ नगर पञ्चायतबाट २०३४ सालमा प्रकाशित पुस्तक ‘शहीद परिचय’बाट साभार गरिएको हो।)

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट