धनगढी : धनगढी उप-महानगरपालिकाले नि:शुल्क क्यान्सर हेल्थ क्याम्प आयोजना गर्ने भएको छ । उप-महानगरपालिकाको वडा नम्बर १९ मा ‘आमा बचाउ’ कार्यक्रम अन्तर्गत नि:शुल्क क्यान्सर हेल्थ क्याम्प आयोजना हुन लागेको हो ।
धनगढी उपमहानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको सहकार्यमा फागुन ५ गते शनिबारका दिन एकदिने नि:शुल्क क्यान्सर हेल्थ क्याम्पको आयोजना गर्न लागेको हो।
धनगढी उपमहानगरपालिका-१९ मा रहेको फुलवारी स्वास्थ्य चौकीमा सञ्चालन हुने नि:शुल्क क्यान्सर हेल्थ क्याम्पमा सम्पुर्ण आमा दिदिबहिनीहरुलाई सहभागी भै मौकाको फाइदा लिन उपमहानगरपालिकाले आग्रह गरेको छ।