शैक्षिक सुधारमा हमालको कदमः धनगढी उप-महानगरभित्रका पाँचवटा विद्यालयलाई नमुनाको रुपमा विकास गर्न सम्झौता

शैक्षिक सुधारमा हमालको कदमः धनगढी उप-महानगरभित्रका पाँचवटा विद्यालयलाई नमुनाको रुपमा विकास गर्न सम्झौता

धनगढी : कैलालीको धनगढी उपमहानगरभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सम्झौता गरिएको छ। विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधार गर्न आज (बुधबार) टिच फर नेपाल र धनगढी उपमहानगरपालिकाबिच सम्झौता भएको हो।

उपमहानगरभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालबिच सम्झौता भएको हो। 

धनगढी उपमहानगरपालिका भित्रका ठेकराज माबी वडा नम्बर ११, सिद्धनाथ माबी-१२, चन्द्रोदय माबी(१८, बेहडाबाबा माबी(१६ र भवानी माबी वडा नम्बर ९ मा उक्त कार्यक्रम लागू गरिने छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार