गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी

एलिनाको ‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी
प्रकाशित : :

काठमाडौँ : गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ।  आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । 

कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ । 

‘म विश्वराज कार्कीले २०७८।०१।१५ मा रेकर्ड भएको गीत मेगेन्द्र सुवेदीसँग लिएँ । सुवास कार्कीको शब्द संयोजनमा म गायक विश्वराम कार्कीको लगानीमा सबै काम सकिएको थियो’, उजुरीमा अगाडि भनिएको छ ‘उक्त गीत हुबहु कपि गरेर भिडियो सहित सार्वजनिक गरिएको छ ।’ गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन् ।

उजुरीको विषयमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले आज दुवै पक्षलाई छलफलमा बोलाएको बुझिएको छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट