गायिका एलिना चौहानको अवार्डमा ह्याट्रिक

गायिका एलिना चौहानको अवार्डमा ह्याट्रिक
गायिका एलिना चौहान

छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका एलिना चौहानले पछिल्लो समयमा लगातार तीन ओटा अवार्ड पाएर ह्याट्रिक गरेकी छिन्। झापाबाट कभर गीत गाएर चर्चामा आएकी एलिना यति बेला नेपाली सांगेतिक क्षेत्रमा स्थापित नाम हो।

कभर गीतको चर्चापछि उनलाई काठमाडौं आएर गीत गाउनका लागि थुप्रै अफर आए। उनलाई भिडिओ निर्देशक नवीन चौहानले गीतका लागि अफर गरे अनि आर्टमान्डु स्टुडियोमा रेकर्ड गरिन्। गीत यति धेरैलाई मन पर्‍यो त्यसपछि भने उनी सबैको नजरमा परिन्।

त्यसपछि भने एलिनाले को चर्चा अहिले सम्म पनि त्यतिकै लोभ लाग्दो छ। उनले अहिलेसम्म गाएकामध्ये पानी पँधेरो, मिनिरल वाटर, बेहुलो बनेर, छेकेर माया छेकिन्न, मेरो परान, मेरो बाबा भगवान्, आयो चेली, डल्ली, घरको छतमा, कहिले माया देखायौ लगायतका गीतहरूले करौडौं क्लब मा छन्। तिनै एलिना यो महिना एक पछि अर्को अवार्ड जितेर हर्षित छिन् ।

फेसबुकमा उनी लेख्छिन् ” खुशी त्यो होईन जसले सूचना दिएर आउँछ ,असली खुसीको मज्जा त त्यहाँ पाइन्छ जहाँ मुटुको गतिले गति पकडेर मस्तिष्कलाई चुनौती दिएर ल्याउँछ , हो त्यस्तै भयो मेरो यो महिनाको २४,२५ र आज २६ गते ।


२४ असोज : बि स्टार फिल्म अवार्ड
२५ असोज : ओएस नेपाल म्युजिक अवार्ड
२६ असोज : सगरमाथा म्युजिक अवार्ड

एलिनाले उल्लेखीत सहित हाल सम्म जम्मा १९ ओटा अवार्ड पाईसकेकी छन् ।

आशा बोकेर अवार्ड समाउन पुगेकी म र कुनै पनि दिन खाली हात फर्कनु परेन । सर्वप्रथम त मलाई माया गरेर भोट गरी जिताउन अग्रसर मेरा प्रिय शुभचिन्तकलाई धेरै धेरै धन्यवाद र गहिरो सम्मान अनि सम्पूर्ण आयोजक तथा प्रायोजक टिमलाई धन्यवाद,३ वटा अवार्ड मेरो नाममा जोडियो सदाको लागी ह्यापी टु सेयर दिज मोमेन्टस् उइद अल ” हाम्रो पनि बधाई एलिना चौहानलाई ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार