धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले हालै बर्खास्त गरेका निवर्तमान आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले नेपालको सन्दर्भमा राजनीतिक स्थायित्वको विषयमा उत्तर दिने ठाउँ नै नभएको बताएका छन् । उनले बिहीबार मन्त्रालयबाट बाहिँरीदै पत्रकारहरू सँगको प्रश्नोत्तरका क्रममा यस्तो बताएका हुन् ।
शाहीले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफूले मन्त्री रहँदा सम्म गरेका काम कारबाहीको विवरण समेत सार्वजनिक गरेका छन् ।
यस्तो छ शाहीको प्रेस वक्तव्य: