सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाहीलाई हटाए सँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाहीलाई हटाए सँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पाटिका मन्त्रीलाई बर्खास्त गरिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीलाई मन्त्रीबाट हटाइएको हो ।  

केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई पनि हटाएको जनाइएको छ । यस अघि माओवादीका तीन मन्त्रीलाई हटाइएको थियो ।

हिजो माओवादी केन्द्रले र आज नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको परेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार