निवर्तमान वन मन्त्री धामीले गरे नौ महिनामा आफूले गरेको कार्य विवरण सार्वजनिक (पूर्ण पाठ)

सुदूरपश्चिमका निवर्तमान उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश शिंह धामी

धनगढी: मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेका सुदूरपश्चिमका निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले आफ्नो कार्यकाल भरी गरेका कामहरूको विवरण सार्वजनिक गरेका छन् । उनले बुधवार पत्रकार सम्मेलन गर्दै आफ्नो ९ महिना भरी गरेको कामको विवरण सार्वजनिक गरेका हुन् । 

माओवादीको तर्फबाट सामाजिक विकास मन्त्री झपट साउँद, राज्यमन्त्री गीता माल सँगै मङ्गलवार मन्त्री धामी पनि बर्खास्तमा परेका थिए । 

मन्त्री निवासमै पत्रकार सम्मेलन गरेका मन्त्री धामीले आफ्नो निजी निवासमा सरसफाइ चलिरहेकाले बिहीबार मात्रै निवास छोड्ने समेत बताएका छन् । 

यस्तो छ निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले ९ महिनामा गरेका कामहरूको लिस्ट ?

यस्तो छ निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले ९ महिनामा गरेका कामहरूको लिस्ट ?

आदरणीय पत्रकार मित्रहरु !
राजनीतिक तरलताका बीच नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा रहेर करिव नौ महिनासम्म मैले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीको रुपमा समग्र सुदूरपश्चिम र यहाँका जनताको सेवा गर्ने अवसर पाएँ । यो अवसर प्रदान गर्ने मेरो पार्टी, मलाइ मत दिएर जिम्मेवारीमा पुर्याउनु हुने मतदाता र सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । बजेट निर्माणको अन्तिम समयमा मन्त्रालयको नेतृत्व सम्हालेर बजेट कार्यान्वयनको बेला जिम्मेवारीबाट विदा हुँदै गर्दा जनअपेक्षाअनुसार काम गर्न नसकिएको जस्तो देखिए तापनि जिम्मेवारीमा रहँदासम्म मेरो बुद्धि, विवेक र दक्षताले भ्याएसम्म इमान्दारितापूर्वक काम गर्ने प्रयत्न गरेँ । सीमित स्रोतसाधन, कर्मचारीको अभाव, आवश्यक कानुनी र नीतिगत समस्या र अनुभवको कमीका बाबजुत पनि म र मेरो टीमको प्रयासले छोटो अवधिमा जनतामा सकारात्मक सन्देश पैदा हुने गरी केही महत्वपूर्ण काम पनि भएका छन् ।

मन्त्रालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, फजुल खर्चलाई निरुत्साहित गर्दै सुशासन कायम हुने गरी नीति तथा कार्यक्रम तय गरिनुका साथै मन्त्रालयको क्षेत्राधिकारभित्रका योजनामा मात्र बजेट विनियोजन गर्ने पद्दति बसाल्ने प्रयास गरिएको छ । लामो समयदेखि वन क्षेत्रमा अवरुद्ध रहेका कामकारवाही सुचारु गरी प्रदेशभित्र वनमा आधारित रोजगारी सिर्जना गर्ने, वन पैदावारसँग सम्बन्धित उद्योग, व्यवसायलाई चलायमान बनाउने, मन्त्रालयसँग सम्बन्धित आमनागरिकका गुनासा कार्यालयस्तरबाट नै समाधान हुने अवस्थाको सिर्जना गर्ने लगायतका थुप्रै काम भएका छन् । वैज्ञानिक वन कार्यक्रम खारेजपछिको शून्यतालाई अन्त्य गर्दै वन व्यवस्थापन कार्यलाई निरन्तरता दिने, लामो समयदेखि रोकिएको उद्योग सम्बन्धी कामलाई अगाडि बढाउने, पर्यटन क्षेत्रका कामलाई चुस्त पार्ने लगायत नीतिगत सुधारको प्रयास गरिएको छ ।

म मन्त्रालयको नेतृत्वमा नरहे पनि मन्त्रालयले आगामी दिनमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन तथा वन क्षेत्रमा थप लगानी बढाएर प्रदेशभित्र व्यापक रोजगारी सिर्जना गर्दै समग्र प्रदेशको विकासमा अहम् भूमिका निर्वाह गर्ने विश्वास लिएको छु । मन्त्रीको रुपमा जिम्मेवारी निर्वाह गर्दा मलाइ निरन्तर सहयोग, सल्लाह सुझाव दिनुहुने पत्रकार साथीहरु, मन्त्रालयका सबै कर्मचारी, पार्टीका नेता, कार्यकर्ता, मेरो सचिवालयका कर्मचारी, बुद्धिजीविलगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । म एक जनप्रतिनिधि र राजनीतिकर्मीको हैसियतले मेरो क्षेत्र र समग्र सुदूरपश्चिमको विकासमा निरन्तर लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछु । धन्यवाद् ! ईति सम्वत् २०८० साल फागुन २३ गते बुधबार ।

मा. रमेश सिंह धामी
यस्तो छ निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले ९ महिनामा गरेका कामहरूको लिस्ट ?
यस्तो छ निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले ९ महिनामा गरेका कामहरूको लिस्ट ?
  • कति बजेट चलाएका थिए ?
यस्तो छ निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले ९ महिनामा गरेका कामहरूको लिस्ट ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार