सुदूरपश्चिममा सत्ता सहकार्यबाट माओवादीका तीन मन्त्री हटाइए, यस्तो भन्छन् मुख्यमन्त्री ? (भिडियो)

सुदूरपश्चिममा सत्ता सहकार्यबाट माओवादीका तीन मन्त्री हटाइए, यस्तो भन्छन् मुख्यमन्त्री ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई हटाइएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले दुई मन्त्री र एक राज्यमन्त्रीलाई हटाएको जानकारी दिए ।

केन्द्रमा एमाले सहित माओवादीको गठबन्धन भएपछि प्रदेशमा मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरु हटाएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल लाई हटाइएको जानकारी दिए ।

मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने चलाएका छैनन् । सुदूरपश्चिममा नाउपा र नेकपा(एस) को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ ।

सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

माओवादीका तीन मन्त्री बर्खास्त पछि यस्तो बन्याे सुदूरको मन्त्री परीषद र कार्यविभाजन ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार