सखी लाई रैबार : फुलै फुलको सहर तिमिलाई

सखी लाई रैबार : फुलै फुलको सहर तिमिलाई
प्रकाशित : :

प्रिय सखी,
“हरेलो” साउन,
प्रेमिल साउन;
‘हिय’ भरीको, “पिरता”
‘मनभरि’ सजाऊ,
या…..,
हरियो ‘चोली’ ‘पोते’ मा सजाऊ..!
आँखा को ‘परेली’ हरूमा फुलाऊ,
फुलको जहिल्यै कमी हुँदैन..!
“साउन देखि हजारौँ साउन सम्म”
“माया” को कहिल्यै कमी हुँदैन…!!!
प्रिय सखी, यस पटक!
अनि,
पटक पटक,”रक्तदान” गर्न आउनु .!
मेरै हातले सजाएको फुल गुच्छा,
तिमिलाई ‘उपहार’ ल्यांउदैछु.,
तिमिलाई छ है ‘चुल्हे’ निम्तो!
सजिएर, ‘रुवस्’ ‘झट्टै’ आउनु..!
सुरिलो सुन्दर, “पाखुरी” तिम्रो,
“पिरती” को ‘सुई’ ‘चसक्क’ ‘चुंम्नुछ’..!!!❣️
सङ्गै,
हामी, “First-Time-Blood-Donor” बन्नु छ.!!!
हात माथि हात, थैलीमा “रगत”,
अन्जानको मुटु “प्रेम रङ्ग” ले भरौँला.,
जिन्दगी बाँचे, मायाले साँचे;
“रक्तदान” सय पटक गरौँला..!
कसैको निभ्नै, लागेको तस्बिर,
प्राणरूपी “रगत” दिएरै, ‘दियो’ बालौँला.!
आँखामा छल्किन आँटेको निराशा,
एक एक थोपा, “रगत” बाढीले सिँचौला..!
म, सारा सपना मुटुमा भरी साँचेर ल्याउँदै छु..!
म,
पहिलो पटक “रक्तदान” गर्न आउनेछु.!
मैले अठोट गरी सके,
रगतको एक बुँद, “मोती” बनाउन आउनेछु,
त्यही मोतीको ‘गहना’ बनाई
एउटा ‘बाचा’ लिएर आउँदै छु.!
यस पटक, ‘सखी’ “अमोल” तिमिलाई,
जीवनमा “सामेल” गरेरै लानेछु..!!!❣️❣️
आउनु है! पक्कै!
‘लगन’ जुराई सके,
फुलै फुलको सहर तिमिलाई.!
“मानवता” को ‘वरमाला’ उनेर ल्याउनु..!
मुटुको “पिरती” ‘थैला’ मा भरी..,
“अजम्मरी” ‘छाप’ लाएर गै जानू .!!!❣️❣️❣️

  • प्रकाशित शब्द रचना बैतडी समाज कैलालीले आयोजना गर्न लागेको १३ औँ बृहत् रक्तदान महोत्सवका सह-संयोजक राज बहादुर चन्दका हुन ।

यो पनि अहा !

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार