अहा !

अहा ! RAju Chand

अहा !
यो लोक मा अवतरित हुन पाएछु,
कति भाग्यमानी..!
यो धर्ती यो आकाश र वायु,
यो माटो-ढुङ्गा अनि नदी
कति थुप्रैको साथ मिलेर
यो ब्रह्माण्ड बने झैँ
म पनि एक्लो बनेर आएन नि!
थुप्रै पीडा, कम खुसी
र,अप्ठ्यारा पिरोलोहरूले
साथ र सहयोग गरेका छन् नि!
म हिँड्दा धर्तीलाई दुख्छ
बोल्दा कसैलाई बिझाउँछ
सबैले मैले दिएका पीडा
सहन गरिदिएका छन् नि!
अनि मात्रै म सिङ्गो उभिएको छु नि!
दुख गरी गरी मुटु धड्की दिन्छ
फोक्सोमा अक्सिजनका फोकाहरू दौडी दिन्छन्
अनि पो म जिंउदो भएको देखिन्छु नि!
सहर चकमन्न छ, भिड र धुलो सङ्गै छ
ऋण, भाका र कसम हरूको अपजस छ नि!
म त कदापि एक्लै होइन नि!
तिम्रै साथ-सहयोग ले उभिएको हुँ नि!
शुभकामना !!!
कविता दिवस-२०८०

  • यो कविताका लेखक राज बहादुर चन्द हुन । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार