‘उमा खान्या’ बेला आएको छ ! – कविता

'उमा खान्या' बेला आएको छ ! - कविता

मौसम होलिको आएको छ!
फागु पुर्णिमा आउँदैछ !
ऋतुराज बशन्तले आंगन छोएको छ.!
कामदेवले पनि तिखो वाण छेडेको छ.!
प्रकृतिले नौलो जोवन कोर्दै छ।
पिरती लाउनै पर्नेछ,
मुटु भित्रै पस्नु पर्नेछ ।।
रङ्गिलो फागुको मास,
ऋतुको यौवनकाल.!
प्रेम,प्रणय र श्रृङ्गार को समय आएको छ!
होलिका दहन!
मनका बिकार जलाउने बेला आएको छ!
सबैतिर नौलो पालुवा,
माया अंकुरणको बेला आएकोछ,
हमरि तिर,
बैतडिमा गौं-जौं बाली झुमेको छ.!
माँणुमाई पोखलो दिईबरे,
न्वाखी चढाई उमा खाने बेला आएको छ!
“उमा” खान्या बेला आएको छ!!!

  • यो गद्य शैलीको कविताका कवि राज बहादुर चन्द हुन । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार