मदिरा व्यवसायी संघ कैलालीको छैटौं वार्षिक साधारण सभा शनिबार धनगढीमा

मदिरा व्यवसायी संघ कैलालीको छैटौं वार्षिक साधारण सभा शनिबार धनगढीमा
प्रकाशित : :

धनगढी : मदिरा व्यवसायी संघ कैलालीको छैटौं वार्षिक साधारण सभा २०८२ साल पुस १९ गते शनिबार आयोजना हुने भएको छ। सभा बिहान ११ बजे धनगढी स्थित ॐ प्यालेस मेनरोडमा सम्पन्न हुने संघले जनाएको छ।

संघका अनुसार साधारण सभामा चालु आर्थिक वर्षको गतिविधि समीक्षा, भावी कार्ययोजना तथा व्यवसायसँग सम्बन्धित विविध समसामयिक विषयमा छलफल गरिनेछ। कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको सहभागिता रहने छ।

संघका अध्यक्ष प्रेम बहादुर धामीले छैटौं वार्षिक साधारण सभालाई सफल बनाउन सबै सदस्य, व्यवसायी तथा सरोकारवाला हरू लाई उपस्थित भई सक्रिय सहभागिता जनाउन अनुरोध गर्नुभएको छ। उहाँले साधारण सभाले संघलाई थप सशक्त र व्यवस्थित बनाउन महत्वपूर्ण अवसर हुने बताउनुभयो।

साधारण सभामार्फत संघको भावी दिशा तय हुने भएकाले सबैको उपस्थिति र सहयोग आवश्यक रहेको संघका महा-सचिव कमल बमले बताए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट