SKIP THIS

S.P.A  Collage

स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक

स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक

मनाङका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ ।
यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो ।

हिमालयको शुद्धता र मौलिकपनाबाट जन्मिएर मनाङ भ्याली वाइन बजारमा आएको छ । स्थानीय स्तरमा उत्पादित स्याउहरुबाट अत्याधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन विदेशी वाइन पारखि उपभोक्ताहरुका लागि उत्कृष्ट छनौट हुनसक्छ ।

आज मदिरा व्यवसायी संघ कैलालीको कार्यालयमा संस्थाका पदाधिकारी तथा वितरकको उपस्थितिमा मनाङ भ्यालि वाइनको लन्चिङ गरिएको छ । प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजीसजाउ मनाङ भ्यालीमा स्थानीय किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ ।

मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दावी छ ।

मनाङ भ्याली वाइनको आगमनले स्थानिय रुपमा उत्पादित सामाग्रीहरुको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ । मनाङ भ्याली वाइन व्हाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार