SKIP THIS

S.P.A  Collage

मदिरा व्यवसायी संघ कैलालीको अध्यक्षमा प्रेम धामी र महासचिवमा कमल बम

मदिरा व्यवसायी संघ कैलालीको अध्यक्षमा प्रेम धामी र महासचिवमा कमल बम

धनगढी : मदिरा व्यवसायी संघ कैलालीको दोस्रो अधिवेशन एवं चौथो साधारण सभा सम्पन्न भएको छ । सोमबार मदिरा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष सोनाम सेर्पाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

उक्त भेला बाट मदिरा व्यवसायी संघ कैलालीको अध्यक्षमा न्यु पि डि ट्रेडर्सका सञ्चालक प्रेम ब. धामी र महासचिवमा ओके लिकर्स धनगढी चौराहाका सञ्चालक कमल बम सर्वसम्मत रूपमा चयन भएका छन् । 

यस्तै, अन्य सर्वसम्मत रूपमै चयन हुनेहरूमा उपाध्यक्षहरू क्रमशः सागर समसेर राणा, महेन्द्र ब. सिंह, सनेस हमाल चयन भएका छन् । भने सचिवमा भरत बोहरा, कोषाध्यक्ष काली प्रसाद जोशी, सह-कोषाध्यक्ष राकेश चौधरी लाई चयन गरिएको छ । 

त्यस्तै, सदस्यहरूमा क्रमशः पूर्ण बोहोरा, दीपक धामी, अम्मर ब. कुँवर, राजेन्द्र महतो, विनोद बलायर, मदन राज उपाध्याय र सुरेन्द्र जोशी गरी जम्मा १५ सदस्यीय समिति गठन गरिएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

25%

खुसी

0%

दुःखी

25%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार