नेकपा संकटः नेता गौतम र बादल दुवै पक्षको केन्द्रीय समिति बैठकमा सामेल नहुने

नेता गौतम र बादल

काठमाडौँ:  नेकपा उपाध्यक्ष बामदेव गौतम तथा गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल कुनै पनि पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा छन् ।

अध्यक्ष समेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षले मंगलबार छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

ओलीले बालुवाटारमा केही बेरमा बैठक सुरु गर्दै छन् भने प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

नेता गौतम र बादलले दुवै पक्षको बैठकमा सहभागी नहुने निर्णय गरेको उनीहरुको सचिवालयले जनाएको छ ।

बादल मन्त्री निवास पुल्चोक तथा गौतम आफ्नै निवास भैँसेपाटीमा आफू निकट नेताहरुसँग छलफलमा छन् ।

यसैबिच दुवै पक्षको बैठक बस्ने स्थानहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ । बालुवाटार तथा बबरमहल क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बाक्लो छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार