धनगढीः करिब ७० लाखको लगानीमा धनगढीमा डी हेल्थ केएर क्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ ।
सोमबार देखी सञ्चालनमा आएको क्लिनिकमा पहिलो दिन निःशुल्क उपचार तथा ल्याब चार्जमा ५० प्रतिशत छुटमा बिरामीहरू लाई उपचार सेवा प्रदान गरेको डी हेल्थ केएर क्लिनिकका सञ्चालक अध्यक्ष सन्देश उपाध्यायले बताउनु भयो ।
बिरामीले सुदूरपश्चिममै सस्तो अनि राम्रो उपचार सेवा पाउन र उपचारकै लागी काठमाडौँ तथा भारतीय सहरहरू धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याएको बताउँदै अध्यक्ष उपाध्यायले आफूहरूले विशेष ल्याब सेवा लाई प्राथमिकताका साथ सञ्चालन गरेको बताउनुभयो ।

उपाध्यायका अनुसार डी हेल्थ केएर क्लिनिक को ल्याबमा, टि.एफ.टी,थाईरोइड, सि.बी.सी, आर.एफ.टी, भिटामिन डी लगायतका परीक्षण गरिने र क्लिनिकले ओपिडी सेवा अन्तरगत अर्थोपेडीक्स,पिडीयाट्रीक तथा विभिन्न किसिमका औषधीहरू सुपथ र सुलभ मूल्यमा उपलब्ध गराउने बताउनुभयो ।
क्लिनिक बारे थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला ।






You must be logged in to post a comment.