धनगढी: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ निरु पालले संघीयता नामको सेतो हात्ती नेपालले धान्न नसक्ने भएकाले प्रदेश खारेज गर्नुपर्ने बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बिचार राख्दै बिहीबार साँझ विघटित प्रतिनिधी सभाकी सांसद पालले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोधसहित लेख्दै उनले आर्थिक स्थिति कमजोर भएको मुलुकले संघीयता धान्न नसक्ने दाबी गरेकी छन्। ‘मलाई पार्टीले कारबाही गरेपनि गरोस्, कुनैदिन टिकट पाएछु र जनताले हराएछन भनेपनि ठिकै छ सहुँला।’
उनले भनेकी छन्,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ।’
विघटित प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिकी सभापति पालले तलब र भत्तामै देशको ढुकुटी नसिध्याउन अनुरोध गर्दै स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाएर जनताको घरदैलोमा सेवा पुर्याउनुपर्ने बताएकी छन्।
ओली समूह निकट रहेकी पालले नेताहरुको सुरक्षा पनि कटौती गर्न माग गरेकी छन्। ‘प्रदेश सरकार खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं ।’
हेरौँ नेतृ निरु पाल ले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बिचार राख्दै प्रधानमन्त्री ओली लाई दिएको सुझाव जस्ताको त्यस्तैः







You must be logged in to post a comment.