अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली
प्रकाशित : :

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन्। पुस ५ गते प्रतिनिधि सभा विघटन गरी असंवैधानिक कदम चालेका प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेल पुगेर यस्तो बताएका हुन्।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन। संविधान मिच्दैन, मिच्न दिँइदैन। जनताको अभिमतभन्दा विपरित जाँदैन र जान दिँदैन।’

उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई सानातिना मतभेदलाई त्यग्दै सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आग्रह गरे। ‘साना मतभेद त्यागौं। शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन हार्दिक आग्रह गर्दछु,’ ओलीले भने।

नेपाललाई एकजुट बनाउनुपर्ने उल्लेख गर्दै सबैको चिन्तन राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने सुझाव दिए। प्रधानमन्त्रीले देशको विकास द्रुत गतिमा हुनुपर्नेसमेत बताए। ओलीले भने, ‘अर्को वर्षसम्ममा विकासशील राष्ट्रमा उक्लिँदै छौ। २०३० मा दिगो विकासका शर्तहरु पुरा गर्छौ भन्नेमा केन्द्रित हुनेछौ। त्यसैले विकास अझ तीव्र गतिमा हुनुपर्नेछ।’

प्रधानमन्त्री ओलीले तोकिएको समयमै निर्वाचन हुने दाबीसमेत प्रस्तुत गर्दै ताजा जनादेशका लागि सबै तयार हुनुपर्ने बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट