गौरीगंगाको अन्डैयास्थित किसानको केरा बारीमा बिहानैदेखि बाघ गर्जिन थालेपछि !

गौरीगंगाको अन्डैयास्थित किसानको केरा बारीमा बिहानैदेखि बाघ
फाईल तस्बिर
प्रकाशित : :

कैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैयास्थित एक स्थानीय किसानको केरा बारीमा बाघ देखिएको छ। अन्डैयास्थित स्थानीय टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिबार विहान साढे ४ बजे बाघ पसेको छ।

किसान टीकाराम चौधरीले घर सँगै जोडिएको आफ्नै केराबारीमा बाघ आएको र विहानैदेखि गर्जिन थालेको जानकारी दिए। घरबाहिर निस्कन पनि त्रास फैलिएको बताउँदै उनले केही दिन यता अन्डैया क्षेत्रमा दिनहुँ देखिदै आएको बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट