रग्बी संघ गठन भएपछिको पहिलो कदम: धनगढी रंगसालामा खेलाडीहरूलाई प्रशिक्षण

रग्बी संघ
प्रकाशित : :

धनगढी: धनगढीमा २ दिने रग्बी प्रशिक्षण शुरु भएको छ । सुदूरपश्चिमका बिभिन्न ठाउँबाट सहभागी खेलाडीहरुलाई प्रशिक्षण दिन लागिएको हो । रग्बी संघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा रग्बी संघ कैलालीको आयोजनामा धनगढी रंगसालामा प्रशिक्षण शुरु भएको हो । प्रदेशमा रग्बी संघ गठन भएपछि यो पहिलो कार्यक्रम हो । प्रशिक्षणको उद्घाटन प्रदेश संयोजक जयन्द्र दाहालको हातमा बल दिएर कैलारी गाउँपालिका कैलालीका अध्यक्ष लाजुराम चौधरीले गरेका हुन् ।

रग्बी खेल प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले यो नयाँ र फरक किसिमको खेल सबै खेल प्रेमीले सिक्न जरुरी रहेको बताए । अन्य खेल जस्तै सहजै तरिकाले खेल्न सकिने रग्बी खेलप्रति आम खेलाडीको सहभागिता बढ्ने उनले बिश्वास ब्यक्त गरे । यसका लागी कैलारी गाउँपालिकाले कस्तो सहयोग गर्नुपर्छ त्यसका लागी तयार रहेको समेत अध्यक्ष चौधरीले बताए ।

कार्यक्रममा प्रशिक्षक बिनोद तामाङले खेलबारे जानकारी गराएका थिए । कार्यक्रममा रग्बी कोच चन्द्र रावल, प्रदेश खेलकुद कार्यालय प्रमुख प्रेम मल्ल, प्रशिक्षक ललित खत्री, लगायतको उपस्थिती थियो । साथै कार्यक्रमको सञ्चालन रग्बी संघ कैलालीका अध्यक्ष रमेश भट्राइले गरेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट