तपाईहरु धार्मिक परम्परालाई कत्तीको विश्वास गर्नु हुन्छ ? हुन त समय परिवर्तन भएसँगै अहिले आधुनिक युगमा धर्मको विस्वास गर्नेहरुको संख्या निकै कम रहेको छ । तर पनि हाम्रो पूरानो संस्कार कस्तो थियो त ?
धार्मिक परम्पराअनुसार हरेक महिलाहरुको विवाहको चिना बनाउने समयममा महिलाको लक्षणलाई विशेष रुपमा लिने गरिन्छ । ३२ युक्त गुण भएको युवतीलाई सर्वश्रष्ठ मानिन्छ ।
हेर्नुहोस् महिलाहरुमा हुनुपर्ने ३२ गुणहरु…
-शरीरका सम्पूर्ण अंगहरु सुगठित हुनु ।
-शरीरमा विभिन्न प्रकारको सात सुगन्ध हुनु ।
-हातको औँला लामो लामो हुनु ।
-दृढ आत्माविश्वास हुनु ।
-जिब्रो लामो हुनु ।
-लज्जालु स्वभाव हुनु ।
-सिंहको जस्तो चिउँडो हुनु ।
-पद्यासनमा बस्दा वृतकार (गोलो) आसनमा बस्नु ।
-अरुलाई छिटै प्रभाव पार्न सक्ने क्षमता हुनु ।
-मिलेको दाँत हुनु ।
-३२ वटा दाँत हुनु ।
-सुरिलो स्वर हुनु ।
-विभिन्न विषयमा ज्ञानको चासो राख्ने ।
-बाचामा अडिक रहनु ।
-आँखी भौँको रौँ कोमल र सूक्ष्म रेखा हुनु ।
-काँध पुष्ट, चौडा र गोलो हुनु ।
-पाखुरा राम्ररी फर्कने हुन ।
-हरिणको जस्तो फिला हुनु ।
-छाला नरम हुनु ।
-शरीरको माथिल्लो भाग सल्कक मिलेको हुनु ।
-गुप्ताङहरु गुप्त रहनु ।
-अल्छी नहुनु ।
-शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिने तिर घुमेको हुनु ।
-मिलेको कपाल हुनु ।
-बंगरा स्वच्छ र सुन्दर हुनु ।
-सानो भन्दा सानो स्वाद लिने शक्ति ।
-लामो पाखुरा ।
-शंख समान घाँटी ।
-औंलाको कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलको
-सम्पूर्ण शरीर तेजोमय ।
-चम्किलो र टम्मक मिलेको दाँत हुनु ।
– चम्किलो केश हुनु ।