राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनः महासचिवमा मनोज भट्ट निर्वाचित !

सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसी पुनः निर्वाचित

महासचिवमा मनोज भट्ट

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसी पुनः निर्वाचित भएका छन् ।

राष्ट्रिय सम्मेलनबाट अध्यक्ष केसीसहित ४७ नयाँ केन्द्रीय सदस्य चयन गर्दै राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन आज सकिइएको हो । पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूणर्कालीन र १० जना वैकल्पिक सदस्यसहित जम्मा ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिएको हो ।

राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् । यस्तै प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधि सभा सांसद दुर्गा पौडेल निर्वाचित भएकी छन् । त्यस्तै,सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएको जनमोर्चाले जनाएको छ ।

यस्तै केन्द्रीय सदस्यमा शंकर बराल, लालबहादुर थापा, कृष्ण बहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्न बिक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, राजेन्द्र ढुङ्गाना, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोखरेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, देवी शर्मा, लिलादेबी शर्मा, दिलबहादुर दर्जी, चन्द्रा परियार, भागिरथ भट्टराई रहेका छन् ।

यस्तै दिपक पाण्डे, पदमा पण्डित, नारायण जिसी, रामकुमार क्षेत्री, गिरी प्रसाद वुडा, गौरीश्वर पाण्डे, धर्मान्द सुवेदी, चिन्तामणी पौडेल, हेम कुमार गुरूङ, अमृत पाण्डे, गणेश आचार्य, कमलविक्रम शाही, उदय नारायण चौधरी, सुवणर् विक्रम थापा सदस्यमा विजयी भएका हुन् ।

हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने विधानमा भएको व्यवस्था अनुसार सम्मेलन गरिएको हो । सम्मेलनबाट राजनीतिक सांगठनिक प्रतिवेदन समेत सर्वसम्मतले पास भएको छ भन्ने आर्थिक प्रतिवेदन समेत पास भएको छ । बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरूको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समितिसमेत गठन गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार