धनगढीमा थप ५० शैयाको कोरोना अस्पताल निर्माण सुरु, मन्त्री सुवेदीले गरे शिलान्यास

चालू आर्थिक बर्ष अगाबै निर्माण कार्य पूरा गर्ने लक्ष्य

धनगढीमा थप ५० शैयाको कोरोना अस्पतालको निर्माण सुरु
प्रकाशित : :

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ५० शैया कोरोना अस्पतालको शिलान्यास गरेको छ ।  सोमबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना अस्पतालमा थप ५० शैयाको कोरोना अस्पतालको शिलान्यास गरेका हुन् ।

धनगढी उप-महानगरपालिका–१ मा रहेको वडा प्रहरी कार्यालयको विपरीत दिशातर्फ रहेको कोरोना अस्पतालमा थप ५० शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।

कोरोना भाइरस बढ्दो अवस्थालाई ध्यानमा राख्दै  चालू आर्थिक वर्ष अगावै निर्माण कार्य पूरा गर्न कार्यालय प्रमुख तथा निर्माण कम्पनीलाई मन्त्री सुवेदीले निर्देशन समेत दिएको सामाजिक विकास मन्त्रालयको सचिवालयले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट