धनगढी: सौर्य एयरलाईन्सले पुनः धनगढी देखी काठमाडौँसम्मको उडान सेवा सञ्चालनमा ल्याउने भएको छ ।
बिभिन्न समस्या कारण २ बर्ष उडान सेवा बन्द गरेको एयरलाईन्सले यही बैशाख १८ गतेबाट पुनः नियमित उडान गर्ने पत्रकार सम्बेलन मार्फत जानकारी गराएको हो । सौर्य एयरलाईन्सले २०१८ देखी फाइनान्सीयलको समस्या, कोभिड १९ का कारण धनगढी-काठमाडौँ उडान सेवा बन्द गरीएको थियो ।
यात्रुको चाहाना अनुसार एयरलाईन्सलाई पुनः नियमित उडानमा ल्याउन लागेको एयरलाईन्सका बजार ब्यवस्थापक मुकेश खनालले जानकारी दिए ।
उनका अनुसार ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘crj २०० जेट जहाज’ पुनः सञ्चालनमा ल्याउने छ । अन्य जहाज भन्दा सो जहाज १५ देखि २० मिनेट छिटो उड्ने र सुरक्षितका साथै सुबिधा सम्पन्न जहाज मानिएको एयरलाइन्सले जनाएको छ । धनगढी देखी काठमाडौँको भाडादर ५ हजार कायम गरिएको छ ।
आगामी दिनमा बिराटनगर देखी धनगढी तथा अन्य ठाउँबाट धनगढी उडाई यात्रा सञ्चालनमा ल्याउने योजना एयरलाईन्सको छ । एयरलाइन्सले हाल काठमाडौंदेखि नेपालगञ्ज, विराटनगर,भद्रपुर र भैरहवासम्म हवाई सेवा सञ्चालन गरिरहेको बजार ब्यवस्थापक खनालले जानकारी दिए ।