अपि नाम्पा संरक्षण क्षेत्र दार्चुलाद्वारा यार्सागुम्बा सङ्कलन इजाजत खुला, जेठ दोस्रो सातादेखि सुरु हुने 

अपि नाम्पा संरक्षण क्षेत्र दार्चुला
प्रकाशित : :

दार्चुला : दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला गरिएको छ। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षको यार्सागुम्बा संकलन इजाजत खुला गरेको हो। यार्सागुम्बा संकलन आगामी जेठ दोस्रो सातादेखि सुरु हुने बताइएको छ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार यस जिल्लाबाट हरेक वर्ष ४ देखि ६ क्विन्टलसम्म यार्सागुम्बा ढुवानी हुने गरेको छ ।

संरक्षण क्षेत्र कार्यालयले संकलन इजाजत पत्र सदरमुकाम खलंगामा रहेको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय, राप्ला सेक्टर कार्यालय सुनसेरा, खण्डेश्वरी सेक्टर कार्यालय लटिनाथ, खण्डेश्वरी रेन्जपोष्ट, विटुले रेन्जपोष्ट, खार रेन्जपोष्ट, व्यास रेन्जपोष्ट, सिप्टी, पारिबगर र श्रीवगड पोष्टबाट लिन सकिने बताएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट