धनगढी उप–महानगरपालिकाले रोक्यो ३ दिनका लागि स्वाब सङ्कलन

Dhangadhi Sub-Metropolitan City
प्रकाशित : :

धनगढीः सेती प्रादेशीक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाव संकलन भएपछि धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाव संकलन रोकेको छ ।

सेती प्रादेशीक अस्पतालले स्वावको नमुना धेरै संकलन भएकाले ३ दिनका लागि स्वाव संकलनको काम रोक्न धनगढी उप–महानगरपालिका संग आग्रह गरेको हो । धनगढी उप–महानगरपालिका कोभिड फोकल पर्सन स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले सेती प्रादेशीक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाले स्वाव संकलन रोक्न भनेपछि शनिवार, आईतबार र सोमबारका लागि रोकेको बताए ।

संकलन गरिएको सबै नमुनाको परीक्षण गरिपछि धनगढी उप–महानगरपालिकाले पुनः निशुल्क स्वाव संकलन गर्छ, स्वास्थ्य निरीक्षणक उपाध्यायले भने, सेती प्रादेशीक अस्पतालमा भने संकलन जारी हुने बताईएको छ ।

स्वास्थ्य निरीक्षण उपाध्यायले नगरवासीको सजिलोका लागि यसरी सर्वसधारणलाई निशुल्क स्वाव संकलन तथा पिसिआर परीक्षण गर्ने सुविधा दिने धनगढीले मात्रै गरेको बताए । हामी एक बर्ष देखि निरन्तर स्वाव संकलन गरिरहेका छौं उपाध्यायले भने, स्वावको नतीजा सेती प्रादेशीक अस्पतालले उपलब्ध गराउने हो तर यहाँ नतीजा ढिलो आयो भनेर पनि उप–महानगरपालिका संग गुनासो आउने गरेको छ ।

धनगढी उप–महानगरपालिकाले आफ्नै परिसर अगाडी स्थापना गरेको स्वाव संकलन केन्द्रबाट स्वाव लिई गरिरहेको छ । कोरोना संक्रमणदर बढेसंगै स्वाव दिनेको संख्या अत्यधिक बढेको छ । सेती प्रादेशीक अस्पतालको प्रयोगशालाको क्षमता कम भएकाले नतीजा आउन केहि ढिलाई भैरहेको हो । सेती प्रादेशीक अस्पतालमा रहेको प्रयोगशालाको स्वाव परीक्षण क्षमता दैनिक ४ देखि ५ सय हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट