महाकालीमा पानीको वहाब बढ्‍यो, सावधानी अपनाउन दार्चुला प्रशासनको आग्रह !

तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह

महाकालीमा पानीको वहाब बढ्‍यो, सावधानी अपनाउन प्रशासनको आग्रह
प्रकाशित : :

धनगढी : तीन दिनदेखि भइरहेको वर्षाले विभिन्‍न नदी र खोलामा बाढी आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । महाकाली नदीमा पानीको वहाब बढदै गएपछि तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै वर्षाका कारण महाकाली नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्‍न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको हो । महाकाली नदीमा पानीको वहाब बढेर ५ सय ८० सेन्टिमिटर पुगेको दत्तु प्रहरी चौकीले जनाएको छ । जिल्लाका केही साना नदीमा पनि वहाब बढेको प्रहरीले जनाएको छ ।

८ वर्षअघि महाकाली नदीमा आएको बाढीले ठूलो क्षति गरेको थियो । नदीले जिल्ला सदरमुकामका थुप्रै घर बगाउनुका साथै सयौं हेक्टर जमिन कटान गरेको थियो । जसले जिल्ला सदरमुकामको भौगोलिक स्वरूप नै परिवर्तन भएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट